काठमाडौं, राधी विद्युत् कम्पनीको बोनस शेयर सुरक्षित गर्ने भोलि (सोमवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले ३६.५० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको थियो ।
कम्पनीले प्रस्तावित बोनस शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
उक्त सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गर्ने भएकाले असार १४ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो ।
कम्पनीको सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजकिो आधारमा १४७.५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीको जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६.५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ ।
प्रतिक्रिया