आरबीबी म्युचुअल फन्ड–१ ले १० करोड इकाई म्युचुअल फन्ड बिक्री गर्न पायो अनुमति

आइतबार, १३ असार २०७८, ११ : ४८

काठमाडौं,आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फन्ड निष्कासन गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले ‘आरबीबी म्युचुअल फन्ड १’ लाई १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न अनुमति दिएको हो । 
 
यसमा कोष व्यवस्थापकको काम आरबीबी मर्चेन्ट बैंकिङे गर्नेछ । धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाले अब निष्कासन प्रक्रिया अघि बढाउने कोषको भनाई छ । पछिल्लो समय पुँजी बजारमा म्युचुअल फन्डहरुको उपस्थिति बाक्लो बन्दै गएको छ । 
  

आइतबार, १३ असार २०७८, ११ : ४८

प्रतिक्रिया