काठमाडौं, आज साताको पहिलो दिन (आइतबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १०.९४ अंकले बढेर २८५३.९४ विन्दुमा पुगेको छ । कारोबारको दोस्रो घण्टामा ०.३८ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २२१ ओटा कम्पनीको ३८ हजार २२३ पटकको कारोबारमा ७३ लाख ७५ हजार ३५ कित्ता शेयरको रू.३ अर्ब ३१ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म सञ्चुरी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३५ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९४ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया