काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आइपीओमा आइतबार बिहानसम्म १३ लाख बढीले आवेदन दिएका छन् ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार बिहान १०ः३० बजेसम्ममा १३ लाख १५ हजार ३१० वटा आवेदन परेको हो ।
उल्लेखित आवेदकबाट २ अर्ब ३९ करोड रुपैयाँ बराबरको २ करोड ३९ हजार कित्ता कित्ता शेयरका माग परेको हो । जुन सर्वसाधारणमा जारी गरिएको शेयरको तुलनामा मागभन्दा १०।८४ गुणा बढी हो ।
कम्पनीले म्युचुअल फण्ड र कर्मचारीलाई सुरक्षित गरी सर्वसाधारणबाट १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन माग गरेको थियो ।
शुक्रबार साँझसम्म ६ लाख ६ हजार ८४४ जना आवेदकबाट ९४ लाख ७१ हजार २४० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो ।
प्रतिक्रिया