कारोबारको तेस्रो घण्टा :  नेप्सेमा ३०.६३ अंकको वृद्धि, कारोबार रकम कति ?

आइतबार, १३ असार २०७८, १४ : ३१

काठमाडौं,  आज साताको पहिलो कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ३०.६३ अंकले बढेर  २८७३.६४ विन्दुमा पुगेको छ ।  कारोबारको तेस्रो घण्टामा १.०८ प्रतिशतले बढेको हो ।  

तेस्रो घण्टाको अवधिमा २२१ओटा कम्पनीको ४१ हजार ८०० पटकको कारोबारमा ८१ लाख ११ हजार ३३३ कित्ता शेयरको रू ३ अर्ब ६४ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

आज  २२१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७९ शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिसम्म सञ्चुरी कमर्सियल बैैकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३७ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । 

आइतबार, १३ असार २०७८, १४ : ३१

प्रतिक्रिया