जेठ मसान्तसम्म सानिमा इक्विटी फन्डको न्याभ २१.४९ रुपैयाँ

मंगलबार, १५ असार २०७८, ११ : ३९

काठमाडौं, जेठ मसान्तसम्म आइपुग्दा सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) २१ रुपैयाँ ४९ पैसा पुगेको छ । 

अघिल्लो महिना यसको न्याभ १९ रुपैयाँ ७६ पैसा थियो । यो अघिल्लो महिनाको भन्दा १ रुपैयाँ ७३ पैसाले बढी हो । जेठ मसान्तसम्म आइपुग्दा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ८९ करोड ३८ लाख ८२ हजार रुपैयाँ लगानी गरेको छ । 

वैशाख महिनाको तुलनामा जेठमा सूचीकृत कम्पनीको सेयरमा लगानी थोरै मात्रै घटेको छ । वैशाख महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा १ अअर्ब ८९ करोड ९९ लाख ८५ हजार रुपैयाँ लगानी गरेको थियो । 

यसअवधिमा फन्डले ७९ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा गरेको छ । नबिलको १ लाख ८ हजार १६८ कित्ता सेयरमा १४ करोड १५ लाख ९१ हजार ९१२ रुपैयाँ लगानी गरेको छ । 

मंगलबार, १५ असार २०७८, ११ : ३९

प्रतिक्रिया