काठमाडौं, सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सह सचिव दिर्घराज मैनालीलाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयको सोमवारको निर्णय अनुसार उनले आजबाट नै लागू हुने गरी नेप्सेको अध्यक्ष तथा सञ्चालकको पदमा बहाली गरेका हुन् ।
उनले पूँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदान सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवि सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरेको बताए ।
प्रतिक्रिया