फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको लिलामीमा शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

बुधबार, १६ असार २०७८, १२ : १९

काठमाडौं, आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन दिने भोलि (बिहीबार) अन्तिम दिन रहेको छ । 

कम्पनीले असार ३ गते देखि ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले शेयरको न्यूनतम मूल्य रू। ८५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर सख्याको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ ।

असार १७ गतेसम्म प्राप्त भएका बोलपत्र असार २० गते ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बुधबार, १६ असार २०७८, १२ : १९

प्रतिक्रिया