काठमाडौं, आज साताको चौथो दिन (बुधबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
यस अवधीसम्म २७.४६ अंकले घटेर २८००.५५ विन्दुमा पुगेको छ । कारोबारको दोस्रो घण्टामा ०.९७ प्रतिशतले घटेको हो ।
दोस्रो घण्टाको अवधिमा २११ ओटा कम्पनीको ३४ हजार ५१५ पटकको कारोबारमा ६० लाख १३८ कित्ता शेयरको रू. २ अर्ब ७५ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १७ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज २११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १६५ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया