नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने  भोलि अन्तिम दिन

बुधबार, १६ असार २०७८, १५ : ३२

काठमाडौं,  नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (बिहीवार) अन्तिम दिन  रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएसँगै 

कम्पनीले गत  आव २०७६र७७ को नाफाबाट शेयरधनीलाई १५.५ प्रतिशत बोनस शेयर र ०.८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी असार ३१ गते २५औं साधारण सभा बोलाएको छ । 

सभा आफ्नै भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । साथै अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । 

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार १८ गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने मिति तय गरेको हो ।

बुधबार, १६ असार २०७८, १५ : ३२

प्रतिक्रिया