काठमाडौं– सोल्टी (होटल सोल्टी)ले आफ्ना लगानीकर्तालाई नगद लाभांश र बोनस सेयर दिने भएको छ ।
कम्पनीले २६ प्रतिशत लाभांश पारित गराउन पुस २६ गतेलाई साधारणसभा बोलाएको छ । होटलले गत आर्थिक बर्षको नाफाबाट १६.३१ प्रतिशत नगद लाभांश वित्तरणको प्रस्ताव पारितका लागि साधारणसभामा प्रस्तुत गर्नेछ ।
यसै गरी कम्पनीले प्रत्येक १० कित्ता सेयर बराबर थप एक कित्ताका दरले (१० प्रतिशत) बोनस सेयर वित्तरण गर्ने विशेष प्रस्ताव समेत साधारणसभामा लैजाने छ । कम्पनीको ४४औ बार्षिक साधारण सभाको प्रयोजनका लागि मंसिर २६ गतेदेखि पुसा २६ गतेसम्म सेयर दाखिला खारेज बन्द हुनेछ ।
गत वर्ष (२०७४÷०७५) होटलको कुल आम्दानी १.४४ प्रतिशतले बढेको छ । सोल्टी होटलको चुक्ता पुँजी ६६ करोड ६० लाख ६३ हजार ७ सय ४० रुपैयाँ छ । बोनस सेयर वित्तरण पछि होटललको चुक्ता पुँजी ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया