नेप्सेमा ११.३३ अंकको वृद्धि, ८ अर्ब बढीको कारोबारमा गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार

विहीबार, ३१ असार २०७८, १५ : २३

काठमाडौं, कोरोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ११.३३ अंकको वृद्धि भएको छ । 

आज कारोबारको चार घण्टामा परिसुचक ११.३३ अंकले बढेर २८८३.३८ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका २२३ ओटा कम्पनीको ७३ हजार २७२ पटकको कारोबारमा ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयरको रू ८ अर्ब १४ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज उक्त कम्पनीले ३६ करोड ७० लाख बराबरको कारोबार गरेको छ ।

यस्तै, कारोबारका १३ उपसमुहमध्ये ६ समुहको शेयरमुल्य घटेको छ भने बाँकी ७ समुहको शेयरमुल्य बढेको हो । 

विहीबार, ३१ असार २०७८, १५ : २३

प्रतिक्रिया