६ कम्पनीको शेयरमूल्य उच्च वृद्धि, कुनको शेयरमुल्य कति ?

विहीबार, ३१ असार २०७८, १५ : २९

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) ६ कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ । 

सबैभन्दा बढी ङादी ग्रप पावर कम्पनीको शेयरमूल्य ९.४० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७० पुगेको छ ।  

त्यसैगरी रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.९१ प्रतिशत, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ७.८८ प्रतिशत, मञ्जुश्री फाइनान्सको ७.८३ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड २ को ७.७८ प्रतिशत र लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ७.०४ प्रतिशतले वृद्धि भएको हो ।

रैराङ हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू.४२८, गणपति माइक्रोफाइनान्सको रू.१ हजार ७८०, मञ्जुश्री फाइनान्सको रू.१ हजार २८०, एनआइबिएल समृद्धि फण्डको रू.१०.८१ र लिवर्टी इनर्जीको शेयरमूल्य प्रतिकित्ता रू. ३८० पुगेको हो । 

विहीबार, ३१ असार २०७८, १५ : २९

प्रतिक्रिया