काठमाडौं, नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई ईपीओ निष्कासनको अनुमति दिएको छ ।
बोर्डले सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
सानिमा लाईफ इन्स्योरेन्सले जेठ ९ गते रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो ।
बोर्डले सोही बराबरको आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । सानिमा लाईफको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सानिमा लाईफ इन्स्योरेन्सको चुक्तापूँजी हाल रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
त्यस्तै मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बोर्डले रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कानका लागि अनुमति दिएको हो ।
कम्पनीले यो आईपीओ निष्कासनको लागि बैशाख १३ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको थियो । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल मानुषी लघुवित्तको चुक्तापूँजी रू.७ करोड रहेको छ ।
प्रतिक्रिया