आजबाट शेयर कारोबारमा नयाँ व्यवस्था लागु, के-के हुदै छ परिवर्तन ?

आइतबार, ०३ साउन २०७८, ०७ : ५५

काठमाडौं - नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै शेयर कारोबारमा नयाँ व्यवस्था गरेको छ । नेप्सेका अनुसार आजदेखि संशोधित विनियमावली लागु हुनेछ ।

नेप्से संचालक समितिको असार ३० गतको निर्णय बमोजिम धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागु भएको हो । 

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोवार सत्र (प्रि-ओपनिङं) को मूल्य सीमा र धितोपत्रको कारोवारमा न्यूनतम मूल्य परिवर्तन सीमामा नयाँ व्यवस्था गर्न निर्देशन दिएसँगै नेप्सेले धितोपत्र कारोबार संचालन नियमावली र मुल विनियमावलीको विनियम १३ मा संसोधन गरी उक्त व्यवस्था कार्यान्यनमा ल्याउन लागिएको नेप्सेले जनाएको छ ।

संशोधित व्यवस्था अनुरुप दोस्रोे बजारको प्रारम्भिक कारोवार सत्र अर्थात प्रिओपनिङ शेसनमा मूल्य परिवर्तन सीमा २ प्रतिशत कायम गरिएकोे छ । यस अघि यस्तो सीमा ५ प्रतिशत रहेको थियो ।

यसैगरी दोस्रो बजारमा धितोपत्रको कारोबार हुने न्यूनतम मूल्य परिवर्तन सीमालाई संशोधन गरिएको छ । हाल उक्त मूल्य परिवर्तन सिमा १ रुपैयाँ रहेकोमा सोलाई घटाई १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्ट गर्न सकिने व्यवस्था गरेको नेप्सेले जनाएको छ ।

प्रिओपनिङ शेसन मार्फत कम्पनीहरुको मूल्यमा अस्वाभिक घटबढ गराएर लगानीकर्तालाई प्यानिक बनाउने कोशिस गरिएको भन्ने आवाजहरु उठेपछि बोर्डले नयाँ व्यवस्था गर्न निर्देशन दिएको थियो । 

यो शेसनमा १० कित्ता शेयरको किनबेचबाट कम्पनीहरुकोमूल्य पाँच प्रतिशतसम्म घटबढ हुने गरेको थियो । यसका आधारमा नियमित कारोबार शेसनमा कारोबार हुने गरेको छ ।

आइतबार, ०३ साउन २०७८, ०७ : ५५

प्रतिक्रिया