नयाँ आव सँगै प्रि ओपन सेसनमा ९ अंकले बढ्यो नेप्से

आइतबार, ०३ साउन २०७८, १० : ५४

काठमाडौं, कारोबारको पहिलो दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ११.३३ अंक बढेर २८८३.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.०७ अंक बढेर २८९२.४७ विन्दुमा पुगेको छ। 

आइतबार प्रि ओपन सेसनमा ५० कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

आइतबार, ०३ साउन २०७८, १० : ५४

प्रतिक्रिया