आर्थिक वर्षको पहिलो दिनमै लगानीकर्ताको सम्पत्ति १.३५ खर्बले बढ्यो

आइतबार, ०३ साउन २०७८, १७ : २६

काठमाडौं, चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनमै नेप्सेमा ९७.२१ अंकले बढ्दाशेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण एकैदिन १.३५ खर्बले बढेको छ ।

नेप्से  बजार पूँजीकरण १ खर्ब ३५ अर्ब १९ करोड ३१ लाख रुपैयाँ बढेर ४१ खर्ब ४६ अर्ब १८ करोड ९ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको अन्तिम कारोबार दिन असार ३१ गते बिहीबार शेयर बजारको कूल बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको अवस्थालाई समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ । यस्तै ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ । त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ ।

आइतबार धितोपत्र बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनभन्दा २ खर्ब ३ अर्ब माथि पुगेको छ । यसदिनबार बजार पूँजीकरण ४१ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । यो कुल ग्राहस्थ उत्पादनका आधारमा १०५ प्रतिशतभन्दा धेरै हो ।

आइतबार, ०३ साउन २०७८, १७ : २६

प्रतिक्रिया