काठमाडौं- कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचकमा हरियाली छाएको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक २७.६० अंकले उकालो लागेर ३००८.२१ को बिन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका २१० ओटा कम्पनीको ३७ हजार ११८ पटकको कारोबारमा १ करोड ५० लाख ९२ हजार ९०२ कित्ता शेयरको रू ४ अर्ब ३ करोड ७० लाख बराबरको कारोबार भएको छ ।
आज २१० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४६ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया