काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको दोस्रो घण्टामा पनि नेप्से परिसूचकमा हरियाली छाएको छ ।
कारोबार सुरु भएको दुई घण्टा बित्दाँ परिसुचक ३४.७७ अंकले उकालो लागेर ३०१५.३८ को बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीको ६० हजार २९२ पटकको कारोबारमा २ करोड २५ लाख २२ हजार ६५ कित्ता शेयरको रू ६ अर्ब ६७ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।
आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४९ शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया