८ अंकले बढेको बजारमा १ सय बढी कम्पनीको शेयरमुल्यमा गिरावट, कारोबार रकम कति ?

सोमबार, ०४ साउन २०७८, १४ : १४

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक ८.५४ अंकले बढेको छ ।

कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक ८.५४ अंकले उकालो लागेर २९८९.१६ को बिन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनीको ८५ हजार ८८६ पटकको कारोबारमा २ करोड ९८ लाख ४ हजार ४१३ कित्ता शेयरको रू ९ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ ।

आज २१८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १०१ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सोमबार, ०४ साउन २०७८, १४ : १४

प्रतिक्रिया