काठमाडौं लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । असार २८ गतेदेखि निष्कासन तथा विक्री खुला भएको वार्षिक साढे ८ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको ‘८.५५ % लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले विक्री गरेको हो ।
कुल कित्तामध्ये रू। ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ भने बाँकी रू। १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
यो ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । शेयर खरीदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया