भारतमा एकैदिन ४१ हजारमा संक्रमण पुष्टि, कालो ढुसी बाट ४३००को मृत्यु

२ बर्ष अगाडि

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख ५६ हजार ८३९ पुगेको छ । 

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५१० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १९ हजार २१ पुगेको छ । 

भारतमा एकैदिन ३८ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड ४ लाख २१ हजार ८१३ पुगेको छ । भारतमा हाल ४ लाख १६ हजार ५ जना संक्रिय संक्रमित रहेका छन् । 

यस्तै भारतमा कोभिड–१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने ुकालो ढुसीु बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ।

भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्।

यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ।

सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्।

चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ।

२ बर्ष अगाडि

प्रतिक्रिया