लक्ष्मी उन्नती कोष शेयरमुल्यमा सकरात्मक सर्किट, ४ लाख ७२ हजार बढी कित्ता शेयर खरिदमाग

२ बर्ष अगाडि

काठमाडौं,  कारोबारको अन्तिम दिन (बिहीबार) लक्ष्मी उन्नती कोषको इकाई मूल्य १०.०४ प्रतिशतले बढेको छ । 

कोषले मंगलबार गत आर्थिक वर्षको लाभांश सार्वजनिक गरेको लक्ष्मी उन्नती कोषको इकाई मूल्य बढेको हो ।

कोषले आर्थिक वर्ष ०७७/०७८ को लागि योजनाका इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । ल

लाभांश घोषणा भएसँगै कारोबारको १० मिनेटको अवधिसम्म योजनाको इकाई मूल्य प्रतिइकाई रू. १.४३ले बढेर रू. १५.६८ कायम भएको हो ।

यस्तै, यो समाचार तयार पर्दासम्म कोषको मार्केट डेपमा ४ लाख ७२ हजार  ९१५ कित्ता शेयर खरिदमाग भएको छ  भने बिक्री माग शून्य रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया