एक घण्टा नवित्दै युनियन लाइफको १३ लाख बढी कित्ता खरिदमाग, प्रतिकित्ताको मुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं,कारोबारको दोस्रो दिन सोमबार कारोबार सुर भएको एक घण्टा नवित्दै युनियन लाइफ इन्स्योरेन्सको शेयरमा खरिद कर्ताको ओइरो लागेको छ ।

कारोबार सुरु भएको ३८ मिनेट जाँदा कम्पनीको १३ लाख ९ हजार ५०८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीकर्ता शून्य रहेका छन् ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयर ४ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ३५५ रुपैंया पुगेका छ ।

स्पेशल  प्रि ओपन सेसनमा कम्पनीको ३४२ प्रतिकित्ता रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ।

कम्पनीको शेयर हिजो अर्थात साउन १७ गते नेप्सेमा सूचीकृत भएको थियो।

त्यसैगरी, युनियन लाइफले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। इन्स्योरेन्सको शेयर युएलआई टिकरमा कारोबार भएको हो।

२ बर्ष अगाडि

प्रतिक्रिया