सोल्टी होटल साढे १८ भन्दा बढी घाटामा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक

मंगलबार, ०१ भदौ २०७८, ०७ : ३९

काठमाडौं, सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथोे त्रैमाससम्मको  वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १८ करोड ६० लाख ४६ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । तर गत आर्थिक वर्षको यसै अवधिको कम्पनीले ११ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफामा ६६ प्रतिशतले गिरावट आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ अर्ब २६ करोड ४० लाख रुपैयाँ रहेकोमा अहिले त्यो घटेर ४३ करोड १३ लाख ७७ हजार रुपैयाँमा सिमित हुन पुगेको छ । 

यसैगरी, समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भको आकार भने २४ प्रतिशतले घटेर ६२ करोड ११ लाख ५९ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक देखिएको छ । गत बर्ष १.३३ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी यो अवधिमा घटेर २.२१ रुपैयाँ ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७ रुपैयाँ ३७ पैसा रहेको छ । 

मंगलबार, ०१ भदौ २०७८, ०७ : ३९

प्रतिक्रिया