काठमाडौं, सिभिल बैंकले वरिष्ठ वचत खाता सुरु गरेको छ ।
जसमा बैंकले ५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात रु १० हजार राखी खोल्न सक्नेछन् । यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवापनि उपलब्ध गराउने छ ।
निक्षेप तर्फ रु ९१ अर्ब ६७ करोड र कर्जा तर्फ रु ८५ अर्ब १४ करोढ पुर्याउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५ प्रतिशतमा सिमित गर्न सफल भएको छ ।
प्रतिक्रिया