काठमाडाैं, सनराइज बैंकले ३ शाखारहित बैकिङ्ग सेवा बिस्तार गरेको छ ।
बैंकले गत हप्ताको शुक्रबार र शनिबार लुम्बिनी प्रदेश, बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.०३ नौबस्तामा ८५ औं र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ०९, चेतनगर विर्तामा ८६ औं क्रमश शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो। साथै आइतबार बैंकले प्रदेश २, सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८७ पुगेको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८७ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया