प्रिमियर इन्स्योरेनसको नाफा ३७ करोड माथि, प्रतिशेयर आम्दानी र बीमा शुल्क कति ?

मंगलबार, ०१ भदौ २०७८, १० : ३४

काठमाडौं , प्रिमियर इन्स्योरेनसले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण हालै सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा  ३७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५.६० व्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ३५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६७ करोड २४ लाख रुपैयाँ थियो । खुद बिमा शुल्क ९.६ प्रतिशतले बढेर ७६ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ६९ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८५ पैसाले बढेर ३४ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

प्रिमियरको प्रतिशेयर नेटवर्थ भने २२१ रुपैयाँ ५२ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ र जगेडा कोषमा ७६ ४० करोड ९१ लाख रुपैयाँ छ ।  

मंगलबार, ०१ भदौ २०७८, १० : ३४

प्रतिक्रिया