राष्ट्रिय बीमाको बीमाशुल्क बढेपनि नाफा ४३.५७ प्रतिशतले घट्यो,प्रतिशेयर आम्दानी र अन्य अवस्था कस्तो ?

मंगलबार, ०१ भदौ २०७८, १२ : १८

काठमाडौं, राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सर्वजनिक गरेको छ ।

कम्पनीको खुद बीमाशुल्क सामान्य बढेपनि नाफा भने घटेर ३१ करोड ४८ लाख रुपैयाँमा सिमित भएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ४३.५७ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १.०८ प्रतिशतले बढेर १७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १७ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिसन वापत १७ करोड ६९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १४ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब १४ करोड रुपैयाँ, बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा कम्पनीले ४६ हजार ८८३ वटा बीमालेख जारी गरी १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले ९ हजार ६७९ वटा दाबी वापत १५ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३५ रुपैयाँ १४ पैसा, प्रतिशेयर नेटवर्थ १२८० रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात १५९.८४ गुणा रहेको छ ।

मंगलबार, ०१ भदौ २०७८, १२ : १८

प्रतिक्रिया