काठमाडौं, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (मंगलबार)देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले प्रकाशन गरेको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइनेछ ।
त्यस्तै, मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.२६ प्रतिशतसम्म व्याज दिइनेछ ।
यसैगरी,बैंकले घर कर्जामा ५ वर्षका लागि ९.३५ प्रतिशत, १० वर्ष सम्मका लागि ९.५८व प्रतिशत र १० वर्ष माथिका लागि १० प्रतिशत ब्याजदर तोकेको छ ।
शिक्षा कर्जामा ५ वर्ष सम्मका लागि ९.५० प्रतिशत, १० वर्ष सम्मका लागि १० प्रतिशत र १० वर्ष माथिका लागि १०.५० प्रतिशत ब्याज रहेको छ । बैंकको आधार दर ७.५७ प्रतिशत रहेको छ ।
कुनमा कति ब्याजदर ?
प्रतिक्रिया