कालिका पावरको नाफा करिब ६० प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, ०१ भदौ २०७८, १३ : २४

काठमाडौं, कालिका पावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको ८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ५९.८९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ५ करोड ११ रुपैयाँमात्रै खुद लाख रुपैयाँ नाफा कमाएको थियो । 
 
यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ४.६६ प्रतिशतले बढेर १८ करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट १८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो । यता, अघिल्लो वर्ष ३ लाख ५५ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ लाख रुपैयाँमा सीमित भएको छ ।  
 
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ०८ पैसा छ । हाल यसको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ भने जगेडा कोषमा १४ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
 

मंगलबार, ०१ भदौ २०७८, १३ : २४

प्रतिक्रिया