ज्योति लाइफको नाफा  १३ करोड पुग्दाँ बिमा शुल्क ६५.६७%ले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

बुधबार, ०२ भदौ २०७८, १५ : २३

काठमाडौं, ज्योति लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार  गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनी ले १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ८०.५० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको जीवन बिमा कोषको आकार पनि ११४.१९ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसको जीवन बिमा कोषमा १ अर्ब ८६ करोड रुपैयाँ थियो । यसको खुद बिमा शुल्क ६५.६७ प्रतिशतले बढेर ३ अर्ब रुपैयाँ पुगेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ भने १२९.३१ पैसा छ । हाल यसको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ५७ करोड ४८ लाख रुपैयाँ छ ।  

बुधबार, ०२ भदौ २०७८, १५ : २३

प्रतिक्रिया