राष्ट्र बैंकले खोल्यो ट्वीटर खाता, सूचना सम्प्रेषण तथा पृष्ठपोषणमा सहयोग

विहीबार, १७ भदौ २०७८, १२ : ०३

काठमाडौं,  नेपाल राष्ट्र बैंकले. आफ्नो अफिसियल ट्वीटर खाता खोलेको छ ।

केन्द्रीय बैंकले सामाजिक सञ्जाल सम्बन्धि नीति पारित भएसँगै नेपाल राष्ट्र बैंकको ट्वीटर खाता @NepalRastraBank खोलिएको  बताएको छ । सो सम्वन्धि जानकारी बिहीवार बैंकका गभर्नर महाप्रसाद अधिकारीले ट्वीट गर्दै जानकारी दिएका हुन् ।

अवदेखि यसबाट सूचना सम्प्रेषण तथा पृष्ठपोषणमा सहयोग मिल्ने अपे़क्षा गरिएको पनि बैंकले बताएको छ ।

विहीबार, १७ भदौ २०७८, १२ : ०३

प्रतिक्रिया