प्रि ओपन सेसनमा करिब २ अंक बढ्यो नेप्से, ४५ कम्पनी कारोबारमा

आइतबार, २० भदौ २०७८, ११ : ००

काठमाडौं, साता पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५०.१३ अंक घटेर २९२६.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८१ अंक बढेर २९२८.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३० अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ४५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने २० कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

आइतबार, २० भदौ २०७८, ११ : ००

प्रतिक्रिया