'एनएमबि सरल बचत फन्ड ई'मा आवेदन दिने सोमबार अन्तिम मौका, हालसम्म कति पर्‍यो आवेदन ?

आइतबार, २० भदौ २०७८, १७ : १३

काठमाडौं,  'एनएमबि सरल बचत फन्ड ई' को इकाईमा आवेदन दिने  सोमवार (भदौ २१ गते)अन्तिम दिन  रहेको छ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार  आइतवार विहान १० बजेसम्ममा उक्त योजनामा ७१ हजार ३३३ जना आवेदकबाट ३ करोड ७० लाख ३ हजार ३० इकाई खरीदका लागि आवेदन परेको छ । यो मागभन्दा १.४८ गुणा बढी आवेदन हो । 

एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्कासन गरेको हो । 

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । 
 

आइतबार, २० भदौ २०७८, १७ : १३

प्रतिक्रिया