काठमाडौं - आज साताको दोश्रो कारोबारको दिन सेयर बजारमा हरियाली देखिएको छ । बजार खुलेको १५ मिनेटमा नेप्से परिसूचक ६२ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६२.०९ अंकले बढेर २८८०.९३ विन्दुमा पुगेको छ । नेप्से २.२० प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.८४ अंकले बढेर ५३२.८३ विन्दुमा पुगेको छ ।
कूल १८४ वटा कम्पनीको ८ लाख ४ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ४९ करोड ५९ लाख ८ हजार एक सय ९१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया