५ कम्पनीको शेयरमा उच्च खरीद माग, कुनको कति ?

सोमबार, २१ भदौ २०७८, १३ : ०५

काठमाडौं - आज सोमबार कारोबारको दोस्रो दिन बजार खुलेको पौने दुई घण्टामा २१५ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । 

सानिमा लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, सानिमा लार्ज क्याप फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमा सर्वाधिक शेयर खरीद माग रहेको हो । 

यी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा लाइफ इन्स्योरेन्सको ६ लाख ७५ हजार २५७ कित्ता शेयर खरीद माग रहेको हो ।

त्यसैगरी नेशनल हाइड्रोपावरको ३ लाख ६९ हजार ५२४ कित्ता, सानिमा लार्ज क्याप फण्डको ३ लाख ३७ हजार ९८ इकाई माग, सनराइज फर्स्ट म्युचुअल फण्डको २ लाख ६७ हजार २३० इकाई र एनआइसी एशिया ग्रोथ फण्डको २ लाख १० हजार १६० इकाई माग रहेको छ । 

सोमबार, २१ भदौ २०७८, १३ : ०५

प्रतिक्रिया