अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेपछि सोमबार सेयर बजारमा एकाएक रौनकता छाएको छ ।
राष्ट्रबैंकले मौद्रिक नीति र त्यसलाई कार्यान्वनयनका लागि जारी गरेको एकीकृत निर्देशिकाका कारण झन्डै पेनिक हुने अवस्थामा पुगेको सेयर बजारमा अर्थमन्त्रीको टेलिफोन पछि सोमबार एकाएक उछाल आएका हो ।
लगातार शेयर बजार घटिरहेको अवस्थामा हिजो १०८.२६ अंकले घटेको बजार आज भने १६१.९४ अंकले बढेको हो । नेप्से ५ दशमलव ७४ प्रतिशतले बढ्दा सोमबार नेप्से सूचक २९८०.७८ विन्दुमा आइपुगेको छ । सोमबार २२४ कम्पनीका १ करोड ७९ करोड २२ हजार ५ य ८८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपियाँ बराबरको कारोबार भएको हो ।
सोमबार पुँजीबजार सुधार संघर्ष समितिले पुँजीबजार घटाउने गरी मौद्रिक नीति ल्याएको भन्दै नेपाल राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन समेत गरेको थियो ।
सम्पत्तिको हकमाथि प्रहार गरि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमा लगाएको भन्दै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा पनि मागेको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालललाई भेटेर समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र पनि बुझाएको छ।
सोमबार ७० कम्पनीको भाउ सर्किट लेबलमा वृद्धि हुनुका साथै सबै समूहका सूचकमा हरियाली आएको छ ।
आज खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । अरुण भ्यालीको ४६ करोड ३० लाख ९१ हजार ४ सय ५६.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । यसैगरी हिमालयन डिष्टिलरी दोस्रो र अपर तामाकोशी तेस्रो स्थानमा परेका छन् ।
सबैभन्दा बढी जीवन बीमा समूह ८१७.४, निर्जीवन बीमा समूह ६४३.६३ र विकास बैंक समूह ५०३.३६ अंकले बढेको हो । बजार उच्च अंकले बढेसँगै विभिन्न ४५ कम्पनीको शेयर मूल्य १० प्रतिशत र अरु ३० कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ ।
बजार बढेको दिन पनि नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्रको मूल्य भने सबैभन्दा बढी १.९४ प्रतिशतले घटेको छ । आज अरुण भ्याली हाइड्रो पावरको उच्च कारोबार भएको छ ।
गत भदौ ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८=६० अंकमा पुगेको बजारमा त्यस पछिका दिनमा उतारचढाव आइरहेको छ ।
प्रतिक्रिया