साधना लघुवित्तले गर्‍यो लाभांश प्रस्ताव, कति प्रतिशत ?

शुक्रबार, २५ भदौ २०७८, ११ : २८

काठमाडौं, साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ६९ लाख ८० हजार ४०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

शुक्रबार, २५ भदौ २०७८, ११ : २८

प्रतिक्रिया