महालक्ष्मी विकास बैंकले ४ लाख संस्थापक शेयर विक्री गर्दै

शुक्रबार, २५ भदौ २०७८, १४ : ४१

काठमाडौं, महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार १३३ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई भएको हुँदा शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको  मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय दरबार मार्गमा निवेदन दिन कम्पनीले भनेको छ ।

उक्त अवधिमा शेयर खरीदका लागि संस्थापक शेयरधनीको आवेदन नआएमा प्रचलित कानून बमोेजिम शेयर विक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने  पनि कम्पनीले बताएको छ । 

शुक्रबार, २५ भदौ २०७८, १४ : ४१

प्रतिक्रिया