यो साता शेयर बजारमा निकै उतारचढाव : ४२ अर्ब बढीको कारोबार भएको बजार कुन बिन्दुमा गई थामियो ?

शुक्रबार, २५ भदौ २०७८, १६ : २६

काठमाडौं, यो साता नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको पाँच दिनमा निकै उतारचढाव देखियो । कारोबारको उक्त दिनमा कुनै दिन नेप्से ह्वात्तै बढेर माथि पुग्यो त कुनै दिन ह्वात्तै घटेर लगानीकर्ता निराश बनायो ।

अघिल्लो साता अर्थात कारोबारको अन्तिम दिन (बिहीबार) २९२६.९९ को बिन्दुमा बन्द भएको शेयर बजार यस साता २८७५.९६ को बिन्दुमा गई रोकिएको छ । यो साता नेप्से परिसुचक ५१ अंकले घटेको हो । नेप्सेमा यस साता ४२ अर्ब २६ करोड ३२ लाख बराबरको शेयर करोबार भएको छ । साताभर नेप्सेमा ७ करोड २१ लाख ३४ हजार २०८ कित्ता शेयर खरिदबिक्री भएको हो ।


कुन दिन नेप्सेमा कतिको कारोबार ?

कारोबारको पहिलो दिन (आइतबार) नेप्से पहिरो आएको थियो । सो दिन नेप्से परिसुचक हालसम्मकै बढी अंकले घटेको थियो । आइतबार नेप्से १०८.२६ अंकले घटेर २८१८.७२ को बिन्दुमा पुगेको हो । यस दिन कारोबारमा आएका २२४ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर खरिद बिक्री भएको हो भने ११ अर्ब २४ लाख ९१ रुपैंया बराबरको शेयर कारोबार भएको हो । 

यस्तै, कारोबारको दोस्रो दिन (सोमबार) नेप्से परिसुचक १६१.९४ अंकले बढेको हो । यस दिन नेप्से परिसुचक २९८०.७८ को बिन्दुमा पुगेर रोकिएको हो । कारोबारमा आएका २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर खरिदबिक्री हुदाँ ९ अर्ब ८२ करोड ६२ लाख रुपैंया बराबरको शेयर कारोबार भएको हो ।

यसपछिका तीन दिनमा नेप्से परिसुचक ओरालो लागको हो । कारोबारको तेस्रो दिन (मंगलबार) पनि शेयर बजार ४४.९८ को बिन्दुमा पुगेर रोकिएको हो । यस दिन नेप्सेमा २२२ कम्पानीको शेयर कारोबार भएको थियो । कारोबारमा आएका उक्त कम्पनीहरुको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर खरिदबिक्री हुदाँँ ७ अर्ब ४९ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको हो ।

यसैगरी, कारोबारको चौथो दिन (बुधबार) नेप्से परिसुचक २८७६.५९ पुगेर बन्द भएको हो । यसदिन २९३६.६० को बिन्दुबाट सुरु भएको परिसुचक ६०.०२ अंकले घटेको हो । बुधबार नेप्सेमा २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ६४ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको हो ।

कारोबारको अन्तिम दिन (बिहीबार) नेप्से परिसुचक झिनो अंकले ओरालो लागेको थियो । बिहीबार परिसुचक ०.६२ अंकले घटेको हो । यस दिन २३० कम्पनीको शेयर कारोबार भएको थियो । कारोबारकमा आएका उक्त कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर खरिदबिक्री हुदाँ ७ अर्ब ५ करोड ७ लाख बराबरको कारोबार भएको हो । 
 

शुक्रबार, २५ भदौ २०७८, १६ : २६

प्रतिक्रिया