नेपाल फाईनान्सको २८ औं साधारणसभा सम्पन्न, के भए निर्णय ?

आइतबार, २७ भदौ २०७८, १२ : १६

काठमाडौं, नेपाल फाईनान्स लिमिटेडको २८ औं वार्षिक साधारणसभा सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा भुचुअल माध्यमबाट कान्तिपथस्थित काठमाडौंमा संचालकहरु प्राध्यापक हिरेन्द्रमान प्रधान अध्यक्ष, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्दकृष्ण ताम्राकारलगायत आधारभुत शेयरधनीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

साधारणसभाले साधारण प्रस्तावहरुको साथसाथै बिशेष प्रस्ताव अन्तर्गत संंस्थाको नेपाल राष्ट्र बैंकले “ग” बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम संस्थाको २०–२७ औं बार्षिक साधारण सभाबाट पारित भएको १ः१.७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई परिमार्जन गरी १ः०.७० का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । उक्त हकप्रद शेयर जारी पश्चात् संस्थाको चुक्ता पूजीं रु.८३,८९,४३,७५२.५० पुग्नेछ । साथै अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।
 

आइतबार, २७ भदौ २०७८, १२ : १६

प्रतिक्रिया