काठमाडौं, साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको साढे एक घण्टाको अवधिमा पाँच कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २११ ओटा कम्पनीमध्ये नेशनल हाइड्रोपावर कम्पनी,सानिमा लाइफ इन्स्योरेन्स,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम( २, नेपाल ल्युब वेयल र सानिमा लार्ज क्याप फण्डको इकाईमा सर्वाधिक शेयर खरीद माग रहेको छ ।
ती पाँच कम्पनीमध्ये सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को इकाईमा ४ लाख ७३ हजार ९५० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी नेशनल हाइड्रोपावरको ४ लाख ५ हजार ५९८ कित्ता, सानिमा लाइफ इन्स्योरेन्सको २ लाख ९१ हजार ८१२ कित्ता, नेपाल ल्युब आयलको २ लाख ३६ हजार ७६१ कित्ता र सानिमा लार्ज क्याप फण्डको १ लाख ८७ हजार ८ सय इकाई खरीद माग रहेको छ ।
प्रतिक्रिया