अरुण काबेली पावरको १७.८९ लाभांश र शतप्रतिशत हकप्रद शेयर प्रस्ताव पारित

आइतबार, २७ भदौ २०७८, १४ : ३५

काठमाडौं, अरुण काबेली पावर कम्पनीले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ  । सभा शनिवार भदौ २६ प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पन्न भएको हो । 

सभाले १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै १७ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ८५ करोड ५२ लाख पुग्नेछ ।

यही पूँजीको आधारमा शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित भएको हो । 

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका भदौ १५ गते देखि २५ गतेसम्म बन्द गरेको थियो । यस आधारमा भदौ १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 

आइतबार, २७ भदौ २०७८, १४ : ३५

प्रतिक्रिया