काठमाडौं, साताको पहिलो कारोबार दिन आइतवार बजार करिब पौने ४ घण्टाको अवधीमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ९ लाख १०७ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ कम्पनीको ६५ करोड ७३ लाख बराबरको शेयर कारोबार भएको हो ।
कम्पनीको शेयरमूल्य यो समाचार तयार पार्दासम्म प्रतिकित्ता रू. ७४१ मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य ५.३२ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया