घोडीघोडा लघुवित्तले बोलायो साधारण सभा, एजेन्डा के-के ?

२ बर्ष अगाडि

काठमाडौं - घोडीघोडा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । भदौ २७ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा असोज १६ गते होटल रुबस वैयाबेहडी धनगढीमा बिहान ११ बजेबाट सुरु हुने छ । 

लघुवित्त कम्पनीले युनिक नेपाल लघुवित्तसँग २०७७ कार्तिक २१ गते समझदारी अनुसार एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी भए गरेका सम्झौताहरु अनुमोदन गर्ने उदेश्यका साथ विशेष साधारण सभा बोलाइएको छ ।

विशेष साधारण सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्थाको १०० शेयर बराबर युनिक नेपाल लघुवित्तको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

दुई लघुवित्तबीच मर्जर सम्झौतासँगै कम्पनीको शेयर कारोबार पनि रोक्का रहेको छ । यसअनुसार २०७७ कार्तिक २० गते बिहीबारसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्र उक्त विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया