कति छ आज बजारमा सुनको मुल्य ?

बुधबार, २५ पुस २०७५, १३ : ३७

काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ६० हजार १०० पुगेको छ । नेपाल सुनचाँद्यी व्यवसायी महासंघले बुधबार सुनको भाउ अघिल्लो दिनको तुलनामा रु २ सय बढेर ६० हजार १ सय पुगेको जनाएको छ । 
यस्तै बुधबार तेजाबी सुनको भाउ ५९ हजार ८०० रहेको छ । 

यस्तै चाँदीको भाउ रु ५ बढेको छ । मंगलबार रु ७५५ मा कारोबार भएको चााँदीको भाउ बुधबार बढेर रु ७६० पुगेको हो।
 

बुधबार, २५ पुस २०७५, १३ : ३७

प्रतिक्रिया