थामिएन् शेयर बजार, ५३.१० अंकको गिरावट संगै २४५५ को बिन्दुमा नेप्से

मंसिर २२, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा झरेको छ । नेप्से २.१२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४६४.७९ विन्दुमा झरेको छ । 

कारोबारमा आएका कूल २२६ वटा कम्पनीको ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार, विकास बैंक र फाइनान्स समूह घटेको छ । 

बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ८८ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । बैंकको शेयरमूल्य १.९४ प्रतिशतले बढेर ४ सय ५० रूपैयाँ ८० पैसा पुगेको छ । 

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको शेयरमूल्य ८.५४ प्रतिशतले घटेर एक हजार एक सय ६८ रूपैयाँमा झरेको छ । संस्थाले लाभांश नदिने घोषणा गरेसँगै यसको शेयरमूल्यमा नकारात्मक प्रभाव परेको हो

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८