कोरोना गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने

पुस ३०, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ । 

मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको जनाएको हो । 

माघमा मात्रै डेढ लाख बढी संक्रमित थपिने मन्त्रालयको अनुमान छ । मध्यम लक्षण भएका संक्रमितको संख्या ४५ हजार पुग्ने अनुमान मन्त्रालयको छ ।यो अवधिमा कोरोनाका सामान्य संक्रमित संख्या २ लाख ४० हजार पुग्न सक्ने प्रक्षेपण गरिएको छ । 

ओमिक्रोन छिटो छिटो सर्ने भएकोले केही सातापछि नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन सक्रमितको संख्या नै बढी हुने अनुमान छ । अहिले अनुमानित बिरामीको संख्यालाई लिएर सोहीअनुसार तयारी मन्त्रालयले गरेको छ । प्रक्षेपण गरेभन्दा बिरामीको संख्या धेरै उकालो नलागे अहिले भइरहेकै स्रोतले धान्ने सरकारको अनुमान छ । 

 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८