दुई हाइड्रोपावरले एक अर्बको आईपीओ निष्काशन गर्ने, कुनको कति

माघ १, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - दुई हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा एक अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएका छन् । सर्वसाधारणका सेयर निष्काशनको अनुमति माग्दै दुई कम्पनी पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुगेका हुन् ।

बोर्डका अनुसार रसुवागढी हाइड्रोपावरले ६८ करोड तथा पिपुल्स पावर लिमिटेडले ३१ करोडको सेयर जारी गर्न अनुमति मागेका हुन् । रसुवागढीले पुस २३ गते तथा पिपुल्स पावरले पुस २७ गते बोर्डमा अनुमति मागेका हुन् ।

रसुवागढी हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ हजार ४२ लाख १०० कित्ता आईपीओ निष्कासन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । रसुवागढीले यसअघि नै सर्वसाधारणमा सेयर बिक्री गरिसकेको छ ।

यसैगरी पिपुल्स पावर लिमिटेडले सर्वसाधारण र स्थानी बासिन्दाका लागि कुल ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता सेयर निष्काशनको अनुमति मागेको छ । पिपुल्स पावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८